Kathmandu Press

प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ।
प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड
फाइल तस्बिर

काठमाडौं, पुस १० : प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति निवास पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि शीतल निवास पुगेका छन्।

प्रचण्ड नयाँ सरकार निर्माणका लागि दाबी गर्न एमाले, माओवादी केन्द्रका नेताहरूका साथमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन्।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ।

राष्ट्रपति कार्यालयकाे कार्यालयले माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको जनाएकाे छ।जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने बताइएकाे छ।

५ बजेभित्रै विज्ञप्ति आउने र प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहणकाे कार्यक्रम तय हुने बताइएकाे छ। आजै शपथ ग्रहण पनि हुन सम्भावना रहेका राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्