Kathmandu Press

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

एमाले प्रदेश १ को पहिलो दल हो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन्।
एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

काठमाडाैं, पुस १० : नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन्।

आइतबार बसेको बैठकले कार्कीलाई दलको नेता चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। 

उनी एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्वाङको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा नेता चयन भएका हुन्।

एमाले प्रदेश १ को पहिलो दल हो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन्।

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्