सरकारमा सहभागी हुनेनहुने निर्णय लिन राप्रपाका नेता छलफलमा
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाएका हुन्। आजै उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।
काठमाडौं, पुस १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुनेबारे भन्ने निर्णय लिन छलफलमा जुटेको छ।
बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि अन्य पदाधिकारी सहभागी रहेको जनाइएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाएका हुन्। आजै उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच बालकोटमा नयाँ सरकार गठनबारे छलफल चलिरहेको छन्। जनता समाजवादी पार्टीका नेता अशोक राई भने पार्टीभित्र छलफल गर्ने भन्दै बालकोटबाट बाहिरिएका छन्।
बैठक बोलाइएको हुनाले लिङ्देनले बालकोट बैठकमा सहभागी भएका छैनन्।
प्रकाशित मिति: १५:३९ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











