जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोटमा
ओली निवास छिर्ने क्रममा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको प्रतिक्रया दिएका छन्।
काठमाडौं, पुस १० : नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्।
एमाले, माओवादी र रास्वपाका नेताहरुबीच बालकोटमा जारी बैठककै बीचमा बोलावट भएपछि उनीबालकोट पुगेका हुन्।
राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन्। ओली निवास छिर्ने क्रममा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको प्रतिक्रया दिएका छन्।
राउत नेतृत्वकाे जनमत पार्टीका ६ सांसद छन्।
प्रकाशित मिति: १५:२६ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











