Kathmandu Press

विश्वप्रकाशको आग्रह– हठ र आवेगमा कुनै निर्णय नगरौं

विश्वप्रकाशको आग्रह– हठ र आवेगमा कुनै निर्णय नगरौं

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ र आवेगमा कुनै पनि निर्णय नगर्न अनुरोध गरेका छन् । 

आइतबार बालुवाटारको बैठकपछि विनानिष्कर्ष टुंगिएपछि महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत हठ, हतारो र आवेगमा कुनैपनि निर्णय नगर्न आग्रह गरेका हुन् । 

उनले अपेक्षाका बीचमा गठबन्धनलाई जोगाउन नसक्ने अवस्था आउन दिन नहुने पनि बताएका छन् । समयले अभिभावकत्व खोजिरहेको बेला यो पनि र त्यो पनि भनिरहँदा न यो न त्यो हुने अवस्थामा पुग्न नहुने बताएका हुन् । 

उनले विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प नरहेको पनि बताए । 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्