एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच बालकाेटमा भेटवार्ता
बालुवाटारको बैठकलाई नियालेर हेरिरहेका ओलीले विभिन्न दलसँगको वार्ता अघि बढाएका छन्।
काठमाडौं, पुस १० : एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
भेटका लागि लिङ्देन बालकोट पुगेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र सरकार गठनको सम्भावनाबारे ओली र लिङ्देनबीच छलफल भएको जनाइएको छ।
बालुवाटारको बैठकलाई नियालेर हेरिरहेका ओलीले विभिन्न दलसँगको वार्ता अघि बढाएका छन्। सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा बालुवाटार बैठक निष्कर्षमा पुग्न नसक्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रास्वपा रवि लामिछानेसँग पनि छलफल अघि बढाएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग ‘प्रचण्ड’सँग पनि संवाद अघि बढाएका छन्।
प्रकाशित मिति: १४:०० बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











