Kathmandu Press

ओली भेट्न बालकोट पुगे रवि लामिछाने 

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन केही घन्टा बाँकी हुँदा लामिछाने बालकोट पुगेका हुन् ।
ओली भेट्न बालकोट पुगे रवि लामिछाने 

काठमाडौं, पुस १० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । 

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन केही घन्टा बाँकी हुँदा लामिछाने बालकोट पुगेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनका विषयमा छलफल थालेका हुन् । 

माओवादी अध्यक्ष प्रचण्ड पनि खुमलटारबाट बालकोट प्रस्थान गरेका छन् । सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रचण्ड सरकार गठनबारे छलफल गर्न बालकोट पुगेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् । कांग्रेस सहमतिमा आउन नसकेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने कसरतमा छन् । 


 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्