Kathmandu Press

अन्तिम समयसम्म सहमति हुने मन्त्री कार्कीकाे दाबी

बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर निष्कर्षमा पुर्‍याउने जानकारी दिए।
अन्तिम समयसम्म सहमति हुने मन्त्री कार्कीकाे दाबी

काठमाडाैं, पुस १० : सरकार गठनका विषयमा छलफल गर्न आइतबार बसेको सत्ता गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा दलहरुको अडान कायमै रहेपछि छलफल निष्कर्षबिहीन बनेको हो। गठबन्धनभित्र पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषय कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति जुट्न सकेको छैन ।

बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर निष्कर्षमा पुर्‍याउने जानकारी दिए। उनले अन्तिम समयसम्म सहमति हुने दाबी गरे। सरकार गठनका विषयमा सबै कोणबाट छलफल भएको बताए।

गठबन्धनको बैठकपछि गठबन्धनका दलहरु आन्तरिक छलफल जुटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिने भए पनि दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन। 

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्