Kathmandu Press

बैठक छाडेर माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए 

बैठक छाडेर माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए 

काठमाडौं, पुस १० : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् । 

सत्ता गठबन्धनको आज बस्ने भनिएको बैठकका लागि बालुवाटार पुगेका नेपाल र खनाल केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन् । 

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमै भएको त्रिपक्षीय छलफलमा सहमति जुट्न नसकेपछि प्रचण्ड यसअघि नै बालुवाटारबाट बाहिरिसकेका छन् ।  

प्रचण्डसँगको छलफल र त्रिपक्षीय छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै पाउनुपर्ने अडान राखेका थिए। प्रचण्ड भने प्रतिनिधि सभा विघटनपश्चात  कांग्रेसले सरकारको नेतृत्व गरेका कारण अब आफू प्रधानमन्त्री बन्नुपर्ने अडान राखेका थिए। 

यी विषयमा सहमति नजुट्दा बैठकमा पुगेका नेताहरु बालुवाटारबाट बाहिरिएका हुन् । माओवादीले सरकार गठनका लागि एमालेसँग संवाद सुरु गरिसकेको छ । 
 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्