रवि लामिछाने नेतृत्वको रास्वप ससदीय दलको बैठक बस्दै
सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा आज दिउँसो बैठक बस्न लागेको उक्त पार्टीका एक नेताले बताए।
काठमाडौं, पुस १० : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) को संसदीय दलको बैठक बस्न लागेको छ।
सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा आज दिउँसो बैठक बस्न लागेको उक्त पार्टीका एक नेताले बताए।
लामिछाने नेतृत्वको पार्टीका २० सांसद छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिँदै उनले नयाँ बन्ने सरकारमा रास्वपालाई समेट्नुपर्ने पनि अभिव्यक्ति दिएका छन्।
राष्ट्रिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।
यसका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरू नयाँ सरकार गठनका लागि सहमति जुटाउने कसरत गरिरहेका बेला रास्वपले सरकारमा सहभागिता हुने कि नहुने भनी गर्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ।











