गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
शक्ति बाँडफाँटको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् ।
काठमाडौं, पुस १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठक बीचमै छाडेर बालुवाटारबाट बाहिरिएका छन् ।
शक्ति बाँडफाँटको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् ।
माअोवादी अध्यक्ष प्रचण्ड पहिलो दुई वर्ष प्रधानमन्त्री बन्न चाहन्छन् । तर, प्रचण्डलाई पहिलो प्रधानमन्त्री मान्न देउवा तयार नभएपछि उनी बालुवाटारबाट बाहिरिएका हुन् ।
प्रचण्ड बालुवाटाबाट बाहिरिएपछि माओवादी केन्द्रका नेताहरुले एमालेसँगको छलफल अगाडि बढाएका छन् । एमाले गठबन्धन अवस्था नियाल्दै पर्ख र हेर को अवस्थामा छ । एमाले भने प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको छ ।
प्रकाशित मिति: १३:२० बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











