Kathmandu Press

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल 

तीन नेताहरुको बैठकलगत्तै आधिकारिक निर्णय गर्न गठबन्धनको बैठक बस्दै छ ।
बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल 

काठमाडौं, पुस १० : गठबन्धनको बैठक थाती राखेर तीन नेताहरु छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् । 

तीन नेताबीच को पहिला प्रधानमन्त्री बनेर सरकारको नेतृत्व बन्ने भन्ने विवाद छ । शनिबार बसेको बैठकले देउवा र प्रचण्डले समान दुई/दुई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी एक वर्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, देउवा र प्रचण्ड दुबैले आफू पहिले प्रधानमन्त्री बन्ने अडान राखेका थिए । 

देउवालाई पार्टीबाट पनि कुनैपनि हालतमा प्रधानमन्त्री बन्न दबाब छ । तर, संसद विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेका कारण अबको नेतृत्व आफूले पाउनुपर्ने अडान प्रचण्डको छ । कांग्रेस नेताहरुले उनलाई फकाउन पटकपटक प्रयास गरेपनि प्रचण्डले अडान नछाड्दा सहमति जुटाउन सकस परेको हो । 

सोही विषयमा सहमति जुटाउने प्रयासस्वरुप तीन नेताहरु छलफलमा जुटेका हुन् । तीन नेताहरुको बैठकलगत्तै आधिकारिक निर्णय गर्न गठबन्धनको बैठक बस्दै छ ।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्