Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउन विश्वप्रकाशको सुझाव 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउन विश्वप्रकाशको सुझाव 

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले संसदलाई पाँच वर्ष टिकाउन साझा अपनत्व लिँदै गठबन्धनको सरकार बनाउनुपर्ने बताएका हुन् । 

उनले नयाँ बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेट्नुपर्ने पनि बताएका छन् । नयाँ बन्ने सरकारले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्रलाई आत्मसात गर्नुपर्ने शर्माको धारणा छ । 

उनले सरकारसँग रुपान्तरण, अनुभूति हुने सुशासनका सुत्रवद्ध योजना पनि हुनुपर्ने बताए । सत्तामा अनुभवी र नयाँको संयोजनमार्फत राज्यको डेलिभरी क्षमता वृद्धि र टिम स्पिरिट बढाउनुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्