Kathmandu Press

गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल 

बालुवाटारमा गठबन्धनको बैठक हुनुपूर्व दुई नेताहरु छुट्टै छलफलमा बसेका हुन् । उनीहरुको छलफलपछि मात्रै गठबन्धनको बैठक बस्ने बताइएको छ । 
गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल 

काठमाडौं, पुस १० : सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टै छलफल गरेका छन् ।  

बालुवाटारमा गठबन्धनको बैठक हुनुपूर्व दुई नेताहरु छुट्टै छलफलमा बसेका हुन् । उनीहरुको बैठकपछि मात्रै गठबन्धनको बैठक बस्ने बताइएको छ । 

शनिबारको बैठकले गठबन्धनको नेतृत्वमा सरकार बनाउने र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । 

सरकारको नेतृत्व आलोपालो गर्ने भनिएपनि कसले पहिला नेतृत्व लिने भन्ने विषयको टुंगो आजको बैठकले लगाउने छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो कार्यकालको प्रधानमन्त्री बन्न पार्टीका नेताहरुले दबाब दिँदै आइरहेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्नुपर्ने अडानमा छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज साँझ ५ बजे समाप्त हुँदैछ । त्यसअघि दलहरुले बहुमत जुटाएर सरकारको नेतृत्व दाबी गर्नुपर्नेछ ।

प्रकाशित मिति: ११:२६ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्