Kathmandu Press

नेपथ्यको बुटवल कन्सर्ट भव्यताका साथ सम्पन्न (तस्बिरहरु)

नेपथ्यको बुटवल कन्सर्ट भव्यताका साथ सम्पन्न (तस्बिरहरु)

बुटवल, पुस १० : पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ । 

तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी बुटवलस्थित ‘रामनगर खेलमैदान’मा आयोजित भएको थियो ।

 

Hardik ivf

nepathya 41671946211.JPGसुरुमा दुइवटा म्यूजिक भिडियो देखाउन थालेदेखि नै दर्शकहरुमा उत्साह सुरुभइसकेको थियो । यसैबीच ब्याण्डले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो ।

 

nepathya 21671946210.JPGब्याण्डकै यो पहिलो सिर्जना प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

nepathya 31671946210.JPG

बुटवलमा यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा खुला प्रस्तुती सहित ब्याण्ड उपस्थित भएको थियो । 

nepathya 11671946209.JPG

बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र सुर्खेतपछि यसपटकको श्रृंखलामा यो आठौं प्रस्तुती थियो । 

nepathya1671946209.JPG

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्