Kathmandu Press

सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै 

संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् । 
सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै 

काठमाडौं, पुस १० : सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी हुन् ।

संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् । 

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने आज साँझ ५ बजेसम्म तोकिएको छ ।  

सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । यधपी छलफल भने जारी छ । 

प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्