झुटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको अभियोगमा म्यानमारका नागरिक पक्राउ
पक्राउ पर्ने म्यनमारका ती नागरिक सर्लाही त्रिभुवननगर गाविस-१ ठेगानाबाट नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलम रहेकाे प्रहरीकाे भनाइ छ।
काठमाडाैं, पुस ९ : झुटा विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिएको अभियोगमा म्यानमारका नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने म्यनमारका ती नागरिक सर्लाही त्रिभुवननगर गाविस-१ ठेगानाबाट नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलम रहेकाे प्रहरीकाे भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले आलमलाई कलंकी खसीबजारबाट पक्राउ गरेको हो।
म्यानमारका ती नागरिक आलम सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साबिक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएको झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको र सोही नागरिकताका आधारबाट राहदानी समेतिलएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।
उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।











