पूर्वराजा शाहद्वारा जानकी मन्दिरकाे पूजाअर्चना
पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।
जनकपुरधाम, पुस ९ : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।
पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।
सो क्रममा उनलाई मन्दिरमा महन्थ, साधुसन्त र हजारौं समर्थकले समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसँग पनि कुराकानी गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् ।
शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुगेका थिए। जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट बिच्छाइएको थियो।
उनी परिवारसहित शुक्रबार जनकपुरधाम आएका थिए।
प्रकाशित मिति: १५:२० बजे, शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











