Kathmandu Press

ज्येष्ठ नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य : प्रधानमन्त्री

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सरकारले बजेटमा ६८ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको पनि बताए।
ज्येष्ठ नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य : प्रधानमन्त्री

काठमाडौं, पुस ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणाली सुधारमा सरकार लागिपरेको बताएका छन्।

ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औं जन्मोत्सवका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए।

ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सरकारले बजेटमा ६८ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको पनि बताए।

सोेही अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गरे। नेपालको लोकतन्त्रको बहालीका लागि किसुनजीले खेलेको भूमिकाको स्मरण गर्दै अग्रज नेताहरुसँग काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए। 

जेष्ठ नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवामा सहज र समतामुलक पहुँच सुनिश्चित गर्ने उदेश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुन्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयनमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको हो। 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्