प्रधानमन्त्रीले बाेलाए कांग्रेस सांसदको भेला
शेरबहादुर देउवाले दिउँसो १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सांसद्हरुको भेला बोलाएका हुन्।
काठमाडौं, पुस ९ : आज नेपाली कांग्रेसका सांसद्हरुको भेला हुने भएको छ।
सत्तारुढ गठबन्धनले सरकार गठनको प्रयास गरिरहेका बेला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सपभाति शेरबहादुर देउवाले दिउँसो १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सांसद्हरुको भेला बोलाएका हुन्।
भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस सांसदहरुको भेलालगत्तै प्रधानमनत्री देउवाले सरकार गठन र शक्ति बाँडफाँडका विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नेछन्। देउवा र प्रचण्डबीच शुक्रबार राति पनि छलफल भएको थियो । सो छलफल निष्कर्षबिहीन बनेको थियो।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदैछ। त्यसैले निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले सरकार गठनका लागि छलफल तीब्र बनाएको छ।
प्रकाशित मिति: ११:३७ बजे, शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











