अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो
डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको छ ।
काठमाडौं, पुस ९ : अमेरिकास्थित नेपाली दूतावासको रकम लुटिएको छ। कर्मचारीको लापरबाहीको कारण नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको हो।
नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको छ ।
‘कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ।
कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा खुवाइएको छैन।
दूतावासले यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमा मागेकाे छ।











