Kathmandu Press

माधन नेपाल अस्तालबाट डिस्चार्ज

नेता नेपाल निमोनिया भएपछि पुस ५ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।
माधन नेपाल अस्तालबाट डिस्चार्ज
फाइल तस्बिर ।

काठमाडौं, पुस ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार राति डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन्।

नेता नेपाल निमोनिया भएपछि पुस ५ गते अस्पताल भर्ना भएका थिए।

स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए।

प्रकाशित मिति: ०७:३० बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्