Kathmandu Press

टिम राजुका करण राईले जिते भ्वाइस अफ नेपाल-४ को उपाधि

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाउँदै अमेरिका बस्दै आएका करणले उपाधि जितेका हुन्।
टिम राजुका करण राईले जिते भ्वाइस अफ नेपाल-४ को उपाधि

काठमाडाैं, पुस ९ : ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि टिम राजुका करण राईले जितेका छन्।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाउँदै अमेरिका बस्दै आएका करणले उपाधि जितेका हुन्।

Hardik ivf

उनले फाइनलमा टिम प्रमोदका योागेश मगर, टिम राजेशकी सविना योङहाङ र टिम प्रविशाका साहिल लिम्बूलाई पछि पारे।

टाइटलसँगै करणले २५ लाख रुपैयाँ पनि प्राप्त गरे। यस्तै उनले पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे ।

सविना फस्ट रनरअप भइन् भने योगेश सेकेन्ड रनरअप घोषित भए।

ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्