Kathmandu Press

अख्तियार र प्रहरीले भन्यो- गुरुङ र महतोलाई संसदीय काममा सहभागी नगराउनु

सचिवालयले उनीहरुलाई निलम्बन भएको सूचना टाँस नगरे पनि संसदीय गतिविधिमा सहभागी हुन नपाएपछि निलम्बनसरहको हैसियत हुनेछ।
अख्तियार र प्रहरीले भन्यो- गुरुङ र महतोलाई संसदीय काममा सहभागी नगराउनु

काठमाडौं, पुस ९ : प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसदद्वय कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन संसद् सचिवालयलाई पत्राचार गरेको छ।

मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ भने महोत्तरी १ बाट निर्वाचित महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन बिकको हत्या आरोपित  बाट निर्वाचित कोइरी प्रहरीको फरार सूचीमा छन्।

संसद् सचिवालयले बिहीबार उनीहरु दुबैलाई शपथ गराएको थियो । सम्बन्धित निकायबाट कुनै जानकारी नआएको भन्दै सचिवालयले उनीहरुलाई शपथ गराएको थियो।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दुवै जनाको पत्र प्राप्त भएकोले अब संसद्‍को कुनै पनि गतिविधिमा सहभागी नगराइने बताए।

सचिवालयले उनीहरुलाई निलम्बन भएको सूचना टाँस नगरे पनि संसदीय गतिविधिमा सहभागी हुन नपाएपछि निलम्बनसरहको हैसियत हुनेछ।

 

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्