लुम्बिनी प्रदेशसभा सचिवालयको काम देउखुरीबाटै
अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
दाङ, पुस ९ : लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज हुने भएको छ।
अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
प्रदेशसभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाइएको छ । 'अबको प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ', सूचनामा भनिएको छ।
प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन्। दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ। पाँच करोड २० लाख रुपैयाँको लागतमा प्रदेशसभा भवन तयार भइसकेको छ।
प्रकाशित मिति: ०६:४५ बजे, शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार