Kathmandu Press

देउवा-दाहाल छलफल निष्कर्ष विहीन, शनिबार फेरि बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ दुई नेताबीच करिब साढे दुई घण्टा छलफल भएको थियो । तर, छलफल कुनै निष्कर्षमा पुग्न सकेन।
देउवा-दाहाल छलफल निष्कर्ष विहीन, शनिबार फेरि बस्ने

काठमाडाैं, पुस ८ : नयाँ सरकार गठनका विषयमा सहमति जुटाउन बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार साँझ भएको छलफल विना निष्कर्ष सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ दुई नेताबीच करिब साढे दुई घण्टा छलफल भएको थियो । तर, छलफल कुनै निष्कर्षमा पुग्न सकेन।

शक्ति बाँडफाँडकै विषयमा दुइ नेता बीच शनिबार दिउँसो फेरि छलफल हुने बताइएको छ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय सकिनै लाग्दा शक्ति बाँडफाँडाका लागि सत्तारुढ दलका शीर्ष नेताले छलफललाई तिब्रता दिएका छन्।

प्रकाशित मिति: २३:३५ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्