Kathmandu Press

गोकर्ण रिसोर्ट लिजमा दिने निर्णय तत्काल सच्चाऊ : कांग्रेस

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमुल्य जग्गा विना कुनै प्रतिस्पर्धा निश्चित समूहलाई दिएर विगतमा नियोजि....

गोकर्ण रिसोर्ट लिजमा दिने निर्णय तत्काल सच्चाऊ : कांग्रेस

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमुल्य जग्गा विना कुनै प्रतिस्पर्धा निश्चित समूहलाई दिएर विगतमा नियोजित ढंगले गरिएको नीतिगत भ्रष्टाचार गरेको ठहर गर्दै उक्त निर्णय तत्काल सच्चाउन सरकारसँग माग गरेको छ।

 केन्द्रिय समिति बैठकले अवधि बाँकी छँदै पुनः त्यहि घटना दोहो¥याइएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै दरवारमार्ग, लुम्बिनी, धरान लगायतका अन्य कयौं ठाउँमा राज्य र नागरिकको जग्गा निश्चित प्रकृया वेगर सो समूहको हातमा पुग्नु र सरकार राष्ट्रिय सम्पत्तिको रक्षक नभई राष्ट्रको सम्पत्तिको दोहनमा सहयोगी पात्र बनेको भन्दै भत्सना गरेको हो। ‘गोकर्ण रिसोर्ट लगायतका सबै निर्णय तत्काल सच्याउन बैठक सरकार समक्ष माग गर्दछ’ बैठकको निर्णयमा भनिएको छ। 
 

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, पुस ११, २०७६