Kathmandu Press

निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न सरकारी वकीलहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न सरकारी वकीलहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, पुस ८ : प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा काम गर्न सरकारी वकीलहरुलाई आग्रह गरेका छन।

महान्यायाधिवक्ता कार्यालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको सरकारी वकीलहरुको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संविधान र कानूनबमोजिम गर्नुपर्ने कामहरु कुनै दवाव र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा गर्न आग्रह गरेका हुन।

प्रधानमन्त्री देउवाले सरकारी वकीलहरुले सरकारको कामको प्रतिरक्षा गर्ने भएकाले आफुलाई थप जिम्मेवाररुपमा तयार गर्नुपर्नेमा जोड दिए। अपराध संहितालगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयनका साथै नागरिकको अधिकारको संरक्षण गरी कानूनी सुनिश्चितता फौजदारी न्यायमा प्रभावकारिता अभिवृद्धि गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले फौजदारी न्यायप्रशासनको अभिन्न स्तम्भको रुपमा रहेको महान्यायाधिवक्ता कार्यालय, मुलुकमा बिधिको शासनको प्रवद्र्धन र फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने महत्वपूर्ण निकाय भएको धारणा राखे।

त्यस्तै कामु प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले फौजदारी न्यायको प्रभावकारीताका लागि अनुसन्धान र अभियोजन बस्तुनिष्ट र बैज्ञानिक हुन आवश्यक रहेको भन्दै यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे।

उनले फौजदारी न्यायमा हुने आशंकाहरुलाई दुर गर्नका लागि पनि अनुसन्धान र अभियोजनकर्ताबीचको आपसी सहयोग र सम्वन्य आवश्यक हुनुपर्र्ने उल्लेख गरे।

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्