Kathmandu Press

यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले २०७७ फागुन ७ गते १४ औं महाधिवेशन गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। 

शुक्....

यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसले २०७७ फागुन ७ गते १४ औं महाधिवेशन गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। 

यस्तो छ कार्यतालिका

-गाउँ/नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते

-गाउँ/नगरपालिका  अधिवेशन– २०७७ मंसिर ११ गते

-प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते

-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते

-जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते

-प्रदेश अधिवेशन– २०७७ पौष १५ गते

-केन्द्रीय महाधिवेशन : २०७७  फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, पुस ११, २०७६