बारामा अज्ञात समूहकाे गाेली लागेर एक भारतीय नागरिक गम्भीर घाइते

बारा, पुस ८ : बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिक गम्भीर घाइते भएका छन।
बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएकाे गाेली लागेर शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।
घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











