‘नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ’
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरुले रुपरेखा तयार पारेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन्।
काठमाडौं, पुस ८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरुले रुपरेखा तयार पारेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले मुलुक सङ्घीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखे।
विज्ञहरुले तयार पारेको रुपरेखामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनरुत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्याउने उल्लेख छ।
त्यस्तै मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले बताए। साथै प्रति पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने, देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर् याउने योजना रहेको उहाले बताए।
कोरोनापछिको पर्यटन पुनःउत्थान तथा पुनः जागरण गर्दै देशैभर पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठले बताए।











