Kathmandu Press

‘१४ महिनामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगताको क्षेत्रमा प्रभावकारी काम भए’

मन्त्री रेग्मीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौध महिनाको अवधिमा मन्त्री रेग्मीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा प्रभावकारी काम भएको र बजेट पनि बृद्धि गरिएको दाबी गरिन्।
‘१४ महिनामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगताको क्षेत्रमा प्रभावकारी काम भए’

काठमाडौं, पुस ८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिका साथै अन्य धेरै प्रभावकारी कार्यक्रम ल्याइएको बताएकी छन्।

मन्त्री रेग्मीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौध महिनाको अवधिमा मन्त्री रेग्मीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा प्रभावकारी काम भएको र बजेट पनि बृद्धि गरिएको दाबी गरिन्।

आफ्नो कार्यकालमा ‘महिला पहिला’ भन्ने कार्यक्रम बजेटसहित व्यवस्था गरिएको र उक्त  कार्यक्रम महिलालाई घरभित्र देखि समाज हुँदै राजनीतिक दल र राज्य सत्ता सम्म पहिला बनाउने अभियान भएको उनले बताइन्।

त्यस्तै मन्त्री रेग्मीले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला १३२ जनाको उद्धार गरिएको र ‘घरैबाटै सुरु गरौँ महिला हिंसा  अन्त्य गरौँ’ भन्ने नाराका महिला हिंसा विरुद्धको अभियान चलाइएको जानकारी दिए।

बालबालिकासम्बन्धी नीति तयार गरी मन्त्रीपरषिदबाट पास भइसकेको भन्दै उनले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सिआरसीको छैठौ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्री परिषद्बाट स्वीकृत गरी संयुक्त राष्ट्र सङ्घमा पेस गरिएको उनले बताइन्।

मन्त्री रेग्मीले आफ्नो कार्यकालमा स्थानीय तहले  ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गर्नु पर्ने कानून बनाइएको जिकिर गरिन्।

त्यसैगरी उहाले अपांगता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय  नीति २०७९ पास गरेको, अपाङ्गता ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरिएको जानकारी उनले दिइन्। 

प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्