त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ
पक्राउ पर्ने व्यक्ति सुडानी नागरिक रहेको र उनी भिजिट भिसा प्रयोग गरी नेपाल आएको प्रवक्ता पाण्डेले बताए ।
काठमाडौं, पुस ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो २ः१५ बजे फ्लाई दुबईको उडानबाट नेपाल आएका एक विदेशी नागरिकको साथबाट १९ किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले काठमाडौं प्रेसलाई जानकारी दिए ।
पक्राउ पर्ने व्यक्ति सुडानी नागरिक रहेको र उनी भिजिट भिसा प्रयोग गरी नेपाल आएको प्रवक्ता पाण्डेले बताए ।
सुनसहित पक्राउ परेका ती व्यक्ति भन्सार विभागको नियन्त्रणमा रहेको र प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











