Kathmandu Press

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

कावासोती, पुस ८ : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन्।

पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका उपराष्ट्रपति पुनले विभेदपूर्ण वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। 

उनले वर्तमान शिक्षा प्रणालीले समाजलाई धु्रवीकृत गराएकाले यो शिक्षा प्रणालीबाट मुलुकको भविष्य राम्रो नभएको बताए।

उपराष्ट्रपति पुनले अहिलेको शिक्षालाई परिमार्जित गरेर वैज्ञानिक, व्यावसायिक, प्राविधिक, रोजगारमूलक एवं जनमुखी बनाएर सक्षम, प्रतिस्पर्धी, नैतिकवान् एवं राष्ट्रहितप्रति समर्पित जनशक्ति उत्पादन गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने कुरामा जोड दिए। 

शिक्षामा व्यापारीकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्