Kathmandu Press

धादिङबाट संघीय सांसद बनेका राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट दिए राजीनामा

मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार उनले प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए।
धादिङबाट संघीय सांसद बनेका राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट दिए राजीनामा

धादिङ, पुस ८ : धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राजेन्द्रप्रसाद पाण्डेले वागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

दोहोरो भूमिकामा रहेका उनले आज (शुक्रबार) प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार उनले प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए। त्यसलाई लिएर राजनीतिक वृत्तमा पाण्डेको आलोचनासमेत भएको थियो।

वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए। उक्त पार्टी सत्ता गठबन्धनमा रहेकाले उनले मुख्यमन्त्री बन्ने अवसर पाएका थिए। प्रदेश प्रमुख कार्यालय हेटौंडाका अनुसार राजीनामापछि कामचलाउ सरकारको जिम्मेवारी उनैलाई दिइएको छ।

यस अघि वाग्मती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री बनिसकेका छन्।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्