Kathmandu Press

‘फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहाेर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमित रुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन्।
‘फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन’

काठमाडौं, पुस ८ : काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहाेर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहाेर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमित रुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन्।

उनले भने, 'फोहाेर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन। जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्।'

प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहाेर व्यवस्थापन भइरहेको छ। उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहाेर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहाेर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत फोहाेर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो।

अहिले निजी र कामपाका करिव दुई सय गाडीले दैनिक फोहाेर व्यवस्थापन गर्दै आएका छन्।

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्