Kathmandu Press

बाग्मती प्रदेशसभा सदस्यको सपथ ग्रहण पुस १४ गते

बाग्मती प्रदेशसभा सदस्यको सपथ ग्रहण पुस १४ गते

काठमाडौं, पुस ८ : बाग्मती प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले पुस १४ गते सपथ ग्रहण गर्ने भएका छन् ।

शुक्रबार प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले नवनिर्वाचित प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण कार्यक्रम पुस १४ गते राख्ने निर्णय गरेको हो । 

बैठकले  सपथ ग्रहणका लागि प्रदेश सभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने निर्णय गरेको छ । नवनिर्वाचित प्रदेश सभा सांसदहरुलाई ज्येष्ठ सदस्यका रुपमा नुवाकोटबाट निर्वाचित सांसद नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले सपथ ग्रहण गराउनेछन् । 

ज्येष्ठ सदस्य ढुंगानाले अघिल्लो दिन (पुस १३ गते) प्रदेश प्रमुखमार्फत सपथ ग्रहण गर्नेछन् ।  प्रदेशसभाको पहिलो बैठक भने आगामी पुस १७/१८ मा राख्ने निर्णय भएको छ । 
 

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्