मधेशी भाषामा सपथ खुवाएपछि संसद सचिवालयलाई आयोगले सोध्यो स्पष्टिकरण
जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत केही सांसदहरुलाई मधेशी भाषामा सपथ खुवाएपछि आयोगले संसद सचिवालयलाई स्पष्टिकरण सोधेको हो ।
काठमाडौं, पुस ८ : मधेशी आयोगले संसद सचिवालयलाई स्पष्टिकरण सोधेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत केही सांसदहरुलाई मधेशी भाषामा सपथ खुवाएपछि आयोगले संसद सचिवालयलाई स्पष्टिकरण सोधेको हो ।
सपथ ग्रहणमा मधेशी भाषाको प्रयोगबारे उजुरी परेपछि आयोगले संसद सचिवालयलाई स्पष्टिकरण सोधेको हो । आयोगकी उपसचिव सविता डंगोलका अनुसार आयोगको सूचीमा ‘मधेशी भाषा’ सुचिकृत नरहेको जानकारी दिइन् ।
‘भाषा आयोगबाट प्रकाशित गरिएको ‘सरकारी कामकाजको भाषा सम्बन्धी सिफारिसहरु–२०७८’ र मधेशी भाषा आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिकाले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीरताको विषय हो,’ आयोगको पत्रमा भनिएको छ।
आयोगले कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने जानकारी गराउन आयोगको आग्रह छ। जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद चन्द्रकान्त राउत (सिके राउत) लगायत केही सांसदले मधेशी भाषामा शपथ लिएका थिए। मधेशी भाषामा शपथ लिएपछि राउतविरूद्ध मधेशका विभिन्न ठाउँमा बिहीबार विरोधसमे प्रदर्शन भएको थियो।
संघीय संसद सचिवालयले सांसदहरूले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको थियो। विहीबार १४ मातृभाषामा २५ सांसदले शपथ लिएका थिए।
1671786281.jpg)











