Kathmandu Press

खुमलटार छलफलपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाशमान 

खुमलटार छलफलपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाशमान 

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । 

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता र उनीसँग भएको छलफलबारे प्रधानमन्त्रीलाई जानकारी दिन उनी बालुवाटार पुगेका हुन् । 

नेता सिंह गठबन्धनको  सरकार गठन र पावर शेयरिङबारे प्रचण्डलाई सहमति गराउन खुमलटार पुगेका हुन् । नेता सिंहसँगको भेटमा प्रचण्डले  कुनैपनि हमालतमा पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए । 

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ। आलोपालो गर्नेगरी पहिलो चरणमा देउवा नै  प्रधानमन्त्री बन्न चाहन्छन् । दोस्रो चरणमा प्रचण्ड र त्यसपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउन सकिने देउवाले विकल्प प्रस्तुत गरेका छन् । राष्ट्रपति भने आफूले नै पाउनुपर्ने अडान कांग्रेसको छ ।  
 

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्