काठमाडौं महानगरले थाल्यो होर्डिङ बोर्ड हटाउने अभियान
काठमाडौं, पुस ११ : सरकारको निर्देशनपछि काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड हटाउने काम सुरु गरेको छ।
....
काठमाडौं, पुस ११ : सरकारको निर्देशनपछि काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड हटाउने काम सुरु गरेको छ।
काठमाडों महानगरपालिकाको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बबरमहल, तीनकुने र कालिमाटी क्षेत्रमा राखिएका ठूला होर्डिङ बोर्ड हटाएको छ।
यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले शहरलाई करुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो। विज्ञापनका लागि राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा-पम्प्लेट, भित्तेलेखन हटाउन सुरु गरिएको महानगरका प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए।
‘महानगरले २०७० सालमा जारी गरेको विज्ञापन सामग्री नियमन कार्यविधिलाई पूर्ण कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘शहरी सौन्दर्यीकरणमा असर गर्ने खालका भित्ते लेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानर लगायत सहरलाई कुरुप बनाउने सबै सामग्री हटाउँछौं।’











