Kathmandu Press

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्चले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ।
नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, पुस ८ : नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै पुस ५ गते उनलाई दोषी ठहर गरेको हो। सर्वोच्चले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ।

पछिल्लाे समय उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत थिए। २०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा आर्थिक अनियमितता र लागुऔषध मुद्दामा पैसा लिएर मिलाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर भएको थियो। 

विशेष अदालतबाट उनले सफाइ पाएका थिए। त्यतिबेला उनको बढुवा पनि भएको थियो। विशेषले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले त्यसप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। 

सर्वोच्चले दोषी ठहर गरिसके पनि सजाय निर्धारण भने गर्न बाँकी नै छ। भ्रष्टाचारको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा पर्नुका साथै जेल समेत जानु पर्ने अवस्था आउँछ।

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्