Kathmandu Press

‘द भ्वाइस अफ नेपाल सिजन ४' को फिनाले आज

फिनालेमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट साइल लिम्बू उपाधिका लागि भिड्दैछन्।
‘द भ्वाइस अफ नेपाल सिजन ४' को फिनाले आज

काठमाडौं, पुस ८ : गायन रियालिटी साे ‘द भ्वाइस अफ नेपाल सिजन ४' को फिनाले आज हुँदैछ।

डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा आज (शुक्रबार) बेलुकी ७:३० बजे सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिस्पर्धीमध्ये एक जना विजेता बन्नेछन्।

फिनालेमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट साइल लिम्बू उपाधिका लागि भिड्दैछन्।

दर्शकको भोटका आधारमा विजेता घोषित गरिनेछ। फिनालेमा अन्तिम १२ ट्यालेन्टले आफ्नो प्रस्तुति दिनेछन्।

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्