थुनामुक्त भए शोभराज, केन्द्रीय कारागारबाट अध्यागमन विभाग लगियो
१९ वर्ष जेल सजाय भोगेका उनलाई आज (बिहीबार) उनलाई केन्द्रीय कारागार सुन्धाराबाट विशेष सुरक्षाका साथ थुनामुक्त गरेर अध्यागमन विभाग लगिएको छ। विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ।
काठमाडौं, पुस ८ : सिरियल किलरका रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन्।
१९ वर्ष जेल सजाय भोगेका उनलाई आज (बिहीबार) उनलाई केन्द्रीय कारागार सुन्धाराबाट विशेष सुरक्षाका साथ थुनामुक्त गरेर अध्यागमन विभाग लगिएको छ। विभागले वर्षीय उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ।
शोभराजले फ्रान्सबाट आफन्त आएकाले आफूलाई केही दिन त्यहीँ नेपालमै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेको जनाइएको छ।
शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन कारागार प्रशासनलाई आग्रह गरेपछि फोटो पनि खिच्न नदिई र मिडियासँग जोगाउँदै जेलबाट बाहिरिने वातावरण मिलाएको जनाइएको छ।
कारागार नियमावली, २०२० को नियम २९ (२ क) मा ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनका आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थामाथि टेकेर बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गरी १५ दिनभित्र उनकै देश पठाउन आदेश दिएको थियो।
हालसम्म उनलाई गोलघरमा राखिएका थियो। गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ। सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्याउन सक्ने व्यक्तिलाई गोलघरमा राख्ने प्रचलन छ।
चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए। उनले थुनाबाट मुक्त हुन यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिँदै आएकाथए गरेका थिए। सो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश दिने गरेको थियो।
उनी २०६० असोज २ मा काठमाडौंको एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका थिए। २०३२ पुसमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानाडेली नागरिक क्यारिअरे लरेन्टको हत्या आरोप लागेपछि उनी भाग्दै आएका थिए। विभिन्न देशमा २० जनाको हत्या गरेको आरोप उनीमाथि लागेको छ।











