Kathmandu Press

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता सिंहबीच भेटवार्ता

भेटमा नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व कांग्रेस र दोस्रो चरणमा माओवादीले गर्नेगरी सरकार गठनको प्रस्ताव राखे पनि प्रचण्डले सुरुमै आफूले नेतृत्व पाउनुपर्ने अडान दोहोर्‍याएका छन्।
माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौं, पुस ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। आज (शुक्रबार) बिहान भएको भेटमा नयाँ सरकार गठनबारे छलफल भएको जनाइएको छ।

नेता सिंह प्रचण्डसँग भेटका लागि उनकाे निवास खुमलटार पुगेका थिए। भेटमा नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व कांग्रेस र दोस्रो चरणमा माओवादीले गर्नेगरी सरकार गठनको प्रस्ताव राखे पनि प्रचण्डले सुरुमै आफूले नेतृत्व पाउनुपर्ने अडान दोहोर्‍याएका छन्।

‘पावर सेयरिङ’का विषयमा सम्मानजनक ढंगले छलफल गर्ने विषयमा कुराकानी हुँदा प्रचण्डले पहिले माओवादीले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानबाट आफूपछि नहट्ने बताएका थिए। 

प्रचण्डसँगको भेटपछि नेता सिंहले बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रचण्डसँगको कुराकानीबारे जानकारी गराएको बताइएको छ।

नयाँ संसद बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० भित्र नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न समयसीमा दिएकी छन्। सत्ता गठबन्धनमा आबद्ध दुई दल कांग्रेस र माओवादीका शीर्ष नेताहरूले छलफललाई तीव्रता दिएका छन्।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्