महासंघको वरिष्ठ उपाध्यक्षमा उठ्ने व्यवसायी चन्द्र ढकालको घोषणा
बाग्लुङ, पुस ११ : व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन्।
शुक्रबार....
बाग्लुङ, पुस ११ : व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन्।
शुक्रबार बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै व्यवसायी ढकालले चैतमा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
वर्तमान कार्यसमितिमा महासंघका वस्तुगततर्फका उपाध्यक्ष रहेका ढकाल ग्लोवल आइएमई बैंक, आइएमई ग्रुप र चन्द्रागिरी हिल्सका अध्यक्ष हुन्।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोही प्रावधान अनुसार अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा अध्यक्ष हुँदैछन्।
प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, पुस ११, २०७६
थप समाचार






