Kathmandu Press

महिन्द्र राय यादव र राजकुमार राईले आज शपथ लिँदै

उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ।
महिन्द्र राय यादव र राजकुमार राईले आज शपथ लिँदै

काठमाडाैं, पुस ८ : प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। यी दुवै बिहीबार शपथ ग्रहण गर्न छुटेका थिए।

उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ।

उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन्।

यस्तै, बिहीबार शपथ ग्रहणमा एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि उपस्थित थिएनन्। आले पारिवारिक शोकमा छन् भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् ।

प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्