Kathmandu Press

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते

निर्वाचन समितिले दलको नेता चयनका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचन हुने तालिका सर्वाजनिक गरेको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते

काठमाडाैं, पुस ८ : नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हेटौंडामा हुने भएको छ। निर्वाचन समितिले दलको नेता चयनका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचन हुने तालिका सर्वाजनिक गरेको छ।

निर्वाचन तालिकाअनुसार पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकेको छ । सोही दिन अपरान्ह ४ बजे दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकेको छ। यस्तै, १३ गते बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन र ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि समय तोकिएको छ।

समितिले पुस १३ गते दिउँसो १२ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ। सोही दिन दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।

नेपाली कांग्रेस संसदीय दलको नेता बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित २५ जना र समानुपातिकतर्फ निर्वाचित १२ जना गरी ३७ जनाले मतदान गर्नेछन् ।

संसदीय दलको नेता बन्न अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले इच्छा देखाएका छन्।

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्