ट्रायल फेल भएकालाई लाइसेन्स दिने यातायात कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौं, पुस ११ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकासँग घुस लिएर चालक अनुमति पत्र दिने यातायात व्यवस्था कार्यालय, बुटवलका तत्काल....
काठमाडौं, पुस ११ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकासँग घुस लिएर चालक अनुमति पत्र दिने यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख र तत्कालीन प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
ट्रायल फेल भएकाहरुलाई घुस लिएर चालक अनुमति पत्र उपलब्ध गराउने यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो।
चालक अनुमति पत्र दिँदा भ्रष्टाचार गरेको भन्ने सूचनाका आधारमा आयोगले गरेको अनुसन्धानबाट त्यसको पुष्टि भएपछि उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो।
उनीहरुले ट्रायल फेल भएका ७१ जनालाई पास गराएर अनुमति पत्र दिएको खुलेको छ। अख्तियारले तत्कालीन प्रमुख पोखरेल र तत्कालीन प्रहरी निरीक्षक श्रेष्ठलाई कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।






