Kathmandu Press

शक्ति बाँडफाँटबारे सत्ता गठबन्धनमा छलफल सुरु

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद) हरुले शपथ लिएको दिन बिहीबार गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ। 
शक्ति बाँडफाँटबारे सत्ता गठबन्धनमा छलफल सुरु

काठमाडौं, पुस ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्। 

केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद) हरुले शपथ लिएको दिन बिहीबार गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ। 

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो।  बिहीबारको भेटमा सकारात्मक छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेको बुझिएको छ । 

नेताहरुबीच शुक्रबार पनि भेटवार्ता हुने बताइएको छ। नेताहरुले आइतबार सम्ममा सहमतिमा पुगिने बताउँदै आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा आइतबार सकिँदै छ। सता गठबन्धनका नेताहरुले सांसदको सपथ र दलको नेता चयन भएपछि नयाँ प्रधानमन्त्रीका बारेमा छलफल हुने बताउँदै आएका थिए। 

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्