रिहा भएनन् चार्ल्स शोभराज, आज केन्द्रीय कारागारमै पाहुनाकाे रूपमा बस्ने

काठमाडाैं, पुस ७ : बिहीबार रिहा हुने तयारीमा रहेका सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज आज रिहा नहुने भएका छन् ।
केन्द्रीय कारागारबाट अध्यागमन विभाग लैजाने तयारी गरेकाे पनि अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराज रिहा हुन नमानेका हुन्।
शोभराज आज केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् ।
केन्द्रीय कारागारबाट चाल्र्स रिहा हुने भएपछि अध्यागमनका कर्मचारीहरु छलफलमा बसेका थिए । उनीहरुले चाल्र्सलाई कसैको जिम्मामा छाड्ने तयारी गरेका थिए ।
चाल्र्सले नमानेपछि बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो ।
प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











